arrow

थुनामै छन् व्यवसायी भट्ट र अग्रवाल, थपियो आठौँ पटक म्याद

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
dipak-bhatta-byapari.jpg
तस्बिर : दिपक भट्ट, फाइल

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवालको समय आठौँ पटक थप गरेको छ । 

न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सोमबार थप तीन/तीन दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 

सम्पत्ति शुद्धीकरण विभागले भट्ट र अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिमा सम्बन्धी कसूर र धितोपत्र ऐन सम्बन्धी कसूरमा छुट्टाछुट्टै प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालमा बुझाइसकेको छ । सीआईबीले बैंकिङ कसूरमा अनुसन्धान गरिरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ