arrow

जिपी फाउन्डेसन अमेरिकाका पदाधिकारीले बैज्ञानिकलाई भेटे, नेपाललाई खोप उपलब्ध गराउन माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २७ बिहिबार
GPfinal.jpg

काठमाडौं । गिरिजा प्रसाद कोइराला फाउन्डेसन(जिपी फाउन्डेसन)अमेरिका च्याप्टरका पदाधिकारीहरूले प्रसिद्ध अमेरिकी वैज्ञानिक डा. डेविड नलिनलाई उनकै निवास वेस्ट चेस्टर पेन्सेल्भिनीयामा विशेष भेटघाट गरेका छन्।

उनी ६० को दशकमा जीवनजलका आविष्कार वैज्ञानिकका साथै अमेरिकी सरकारको स्वास्थ्य र अनुसन्धान सम्बन्धि उच्च सेवामा रही लामोसमयसम्म काम गरेका बैज्ञानिक हुन् ।

फाउन्डेशनका अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा र कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारीले उनलाई भेटेर वर्तमान जटिल अवस्थामा नेपाल र नेपाली जनताको ध्यान कोभिड नियन्त्रणमा हुनुपर्ने र सो का लागि अमेरिकी सरकारका तर्फवाट नेपाललाई भ्याक्सिन उपलब्ध गराईदिन विशेष पहल गरिदिन आग्रह गरे । 

अध्यक्ष घिमिरेले वहाँजस्तो नेपाल बुझेको र आफ्नो जीवनकालमा ४७ पटक नेपाल भ्रमण गरी तत्कालीन राजा, प्रधानमंत्री एवं शासकहरूसँग लामो उठवस एवं ग्रामीणदेखी शहरी जनजीवनसँग साक्षात्कार वैज्ञानिकले अमेरिकन सरकारलाई वस्तुस्थिती दर्शाउँदा अमेरिकन सरकारको गम्भीर ध्यानाकर्षण हुनेकुरामा जोड दिँदै सो का निमित्त पहल गरिदिनुहुन आग्रह गरे ।

उपाध्यक्ष सुवर्ण लामाले नेपाल पीडामा हुँदा वैज्ञानिकको सहयोगको खाँचो रहेको कुरामा जोड दिए । प्रवक्ता रामचन्द्र अधिकारीले यो समयमा फाईजर र मोर्डेनाजस्ता कम्पनीहरूका खोप यथाशिघ्र नेपाल पठाइ कोरोना संक्रमण रोकथाम गर्न फाउन्डेशन लागिपरेको र वहाँजस्तो वैज्ञानिकले पहल गरदिएमा अवश्य खोप पाउने आशा व्यक्त गरे ।

पत्रकार मुकुन्द सुवेदीले वहाँ महान वैज्ञानिक भएको र वहाँले चालेको कदममा अमेरिकी सरकारले समेत नाईं भन्न नसक्ने हुँदा खोपका निमित्त पहल गरिदिनुहुन विशेष अनुरोध गरे । 

फाउण्डेशनको अनुरोधपछी वैज्ञानिक डेविड नलिनले पुण्य र मानवीय कार्यमा साथ सहयोग र सरकारको ध्यानाकर्षण गरी भ्याक्सिन उपलब्ध गराउन अनुरोध हुनेछ भनि विश्वास दिए ।

उनले आफुले देखे भोगेको नेपाल र नेपालीप्रती माया, सदभाव र स्नेह दर्शाउँदै उनीहरूको जीवनरक्षाको लागी अमेरिकी नेपाली समुदायसँग मिलेर कदम चाल्न आफु तयार रहेको विश्वास दिलाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ