arrow

क्रेन बोकेर पोखरा आउँदै गरेको लोवेटमा करेन्ट लाग्दा दुई युवकको मृत्यु, दुई घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
lobet-.jpg

पोखरा । सोलुखुम्बुबाट पोखरा आउँदै गरेको लोबेटमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बडीगङ्गा गाउँपालिका-५ बागलुङका २६ वर्षीय भूमिराज मरासिनी र क्रेन चालक स्याङ्जाका ४ वर्षीय रामबहादुर परियार छन् । उनीहरू दुवै जनाको घटना स्थलमै मृत्यु भएको बताइएको छ । 

सो दुर्घटनामा मालिका गाउँपालिका गुल्मीका १८ वर्षीय वसन्त पौडेल र स्याङ्जाका अन्दाजी २४ वर्षीय लीला परियार घाइते भएको गुल्मी प्रहरीले जनाएको छ । घाइते दुवैलाई जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतले जानकारी दिए । घाइते लीला परियार राम परियारकी श्रीमती हुन् ।

ग१क ५१७३ नम्बरको लोवेट क्रेन बोकेर पोखरा आउँदै थियो । सिद्धिचरण लोक मार्ग अन्तर्गत सोलुदूधकुण्ड नगरपालिका-८ पत्तालेमा आइपुग्दा लोवेटमा राखिएको क्रेनले ३३ केभी प्रसारण लाइनमा छुँदा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) कवित कटवालले जानकारी दिए ।

सोलु खोलामा निर्माणाधीन ८६ मेगावाट हाइड्रोपावरको क्रेन मर्मतका लागि पोखरा ल्याउँदै गर्दा आज बिहान ८ः४० बजे सो दुर्घटना भएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ