- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । पछिल्लो डेढ वर्षदेखि विश्वभर कोभिड-१९ को सङ्क्रमणले आक्रान्त पारेको छ । अहिलेसम्म करोडौँ व्यक्तिहरू यस विश्वव्यापी प्रकोपबाट प्रभावित भएका छन् । साथै लाखौँले ज्यान गुमाइसकेका छन् । कोभिडको प्रभावलाई कम गर्न खोपलाई विश्वव्यापी रूपमा लगाउन थालिएको छ।
तर भारतको महाराष्ट्र नासिक जिल्लाका एक व्यक्तिले कोरोना खोप लगाएपछि चुम्बकीय शक्ति आएको दाबी गरेका छन् । जुन धेरै अनौठो दाबी मान्न सकिन्छ ।अरविन्द जगन्नाथ सोनारले खोपको दोस्रो डोज लगाइसकेपछि उनको शरीरमा चुम्बकीय शक्ति आएको दाबी गरेका हुन् । उनको शरीरमा स्टिल भाँडोहरू टाँसिएको छ ।
हालै अरविन्दले भ्याक्सिनको दोस्रो डोज लगाएका थिए । भ्याक्सिनको दोस्रो डोज लगाएपछि उनले केही अनौठो महसुस गर्न थाले र धेरै परिवर्तनहरू शरीरमा हुन थाल्यो। सो समय भाँडाकुँडाहरू र धातुका सामानहरू उसको शरीरमा टाँसिए ।
यो देखेर, परिवारका सदस्यहरूले शरीरमा पसीना आएको कारणले हुन सक्ने बताए । यस पछि अरविन्द नुहाउन गए । आएपछि फेरि उनको शरीरमा फलामका भाँडामा पुन टाँसियो । सो घटना देखेर अरविन्दका छोराले भने - 'उनले केही समय अघि युट्युबमा एक भिडियो हेरेका थिए, जसमा एक व्यक्तिले भनिरहेका थिए कि खोपको दोस्रो डोज लिएपछि उनको शरीरमा चुम्बकीय शक्ति उत्पन्न भएको छ।'
उक्त भिडियो हेरेर उनले आफ्नो आमा र बुबालाई पनि एक पटक प्रयास गर्न भने । त्यहाँ सिक्का, प्लेटहरू र चम्चाहरू जसै बुबाको शरीरमा लगाए उनको शरीरमा अड्किए। यस घटनाको बारेमा जानकारी पाएपछि स्वास्थ्य मन्त्री राजेश टोपेले यसको अनुसन्धान गर्न आदेश दिएका छन्। अरविन्दको यो दाबीमा कत्तिको सत्यता छ सो बारे अनुसन्धानपछि खुल्नेछ ।