arrow

पाँच अग्रज संचारकर्मीलाई पत्रकार महासंघ बेलायतको सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३० आइतबार
UK-fnj.jpg

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले पाँचौं अधिवेसनको अवसर पारेर बेलायतमा रहेका पाँच अग्रज पत्रकारहरुलाई  सम्मान गर्दैछ ।

यसरी सम्मानित हुनेहरुमा बीबीसी नेपाली सेवाका पूर्व पत्रकारहरु सुमन खरेल र भगिरथ योगी, राष्ट्रिय समाचार समितिका पूर्व प्रधानसम्पादक चिरन्जीवी पौड्याल, नेपाली टिभीका संस्थापक विजय थापा र बेलायतबाट सन् १९९० को दशकमा प्रकाशित सगरमाथा टाइम्सका सम्पादक सुरेशजंग शाह रहेका छन् ।

शाखाले हरेक अधिवेसनको अवसरमा पारेर हाल बेलायतमा बसोबासरत अग्रज पत्रकारहरुलाई सम्मान गर्ने गरेको छ ।

यसअघि सन् २०१८ मा सम्पन्न चौथो अधिवेसनका अवसरमा बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, बीएफबीएस गोरखा रेडियोका पूर्व महाप्रबन्धक खेम गुरुङ, रेडियो बिजिडब्ल्यूएसका प्रबन्ध निर्देशक मेजर रिटायर्ड सोनामछिरिङ शेर्पा र गोरखा सैनिक आवाजका संस्थापक सम्पादक डा चन्द्रबहादुर गुरुङलाई सम्मान गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ