arrow

विपन्न वर्गको सहारा बन्दै खुमा फाउन्डेसन

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ असार १ मंगलबार
khuma.JPG

स्याङ्जा । कोरोना सङ्क्रमणले देश आक्रान्त अवस्थामा रहेको छ । सङ्क्रमणलाई न्यूनीकरण गर्न नेपाल सरकार र स्थानीय सरकारले गरेको निषेधाज्ञाको डेढ महिना पुगेको छ । यो स्वास्थ्य सङ्कटका बेला सामाजिक सङ्घसंस्था र विपद्मा सहयोग गर्ने मनकारीहरू सबै स्वास्थ्य सामाग्री वितरणमा व्यस्त रहेका छन् । 

यो समयमा विपन्न वर्ग र दैनिक मजदुरी गरेर खाने वर्गको कसैले खासै चासो दिएको पाइँदैन । तर समाजको शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद लगायतमा आर्थिक, भौतिक र सामाजिक सेवा गर्दै आएको खुमा अर्याल फाउन्डेसन भने यो विपद्मा छु‘ै रचनात्मक काम गरेको छ । दैनिक मजदुरी गरेर खाने वर्गका लागि यो निषेधाज्ञाले खाद्यान्नको अभाव भएको खबर पाएपछि त्यस्ता बस्तीमा पुगेर खाद्यान्न वितरण गरेको छ । 

स्याङ्जाको वालिङ नगरपालिका १ मा रहेको माझी बस्तीमा फाउन्डेसनले खाद्यान्न सामाग्री वितरण गरेको हो । जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा प्रशासनले निषेधाज्ञा थप गर्दै जाँदा दैनिक मजदुरी गरेर खाने वर्ग निकै खाद्यान्नको चपेटामा परेको खबर पाएपछि हामीले एक महिना पुग्ने चामल, नुन, तेल लगायत खाद्यान्न सामाग्री सहयोग गरेको फाउन्डेसनका संरक्षक डाक्टर लुना अर्यालले बताइन् । जिल्लाको समग्र विकासमा फाउन्डेसनको सहयोग रहने बताउँदै डा.अर्यालले पहिलो कोभिड र दोस्रो कोभिड सङ्क्रमणमा हरेक स्वास्थ्य चौकी देखि अस्पतालमा कोभिड उपयोगी स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको बताइन् ।

 कमाउने मात्रै ठुलो कुरा नभएको भन्दै उनले दिन दुखीको सहयोगमा साथ दिनु नै सामाजिक उत्तरदायित्व हो भन्ने फाउन्डेसनको उद्देश्य रहेको डा.अर्यालको भनाई छ । बेस्याहारका लागि सहारा भन्ने ध्येय रहेको उल्लेख गर्दै डा.अर्यालले स्वास्थ्य उपचारमा कठिनाइ भएमा पनि सहयोग गर्ने प्रतिबद्धता गरिन् । 

फाउन्डेसनको सहयोगमा १५ घरका माझी समुदायलाई खाद्यान्न सामाग्री  वितरण गरिएको वालिङ नगरपालिकाका नगर प्रवक्ता तथा वडा अध्यक्ष केदार काफ्लेले बताए । फाउन्डेसनले माझी समुदायलाई खाद्यान्न सहयोग गरी उनीहरूको दैनिकीमा खाद्यान्नको अभाव हुन नदिने गरी गरेको सहयोगमा आभार व्यक्त गरे । वालिङ जेसिजका वर्ष २०२१ का अध्यक्ष विश्वास लम्साल नेविसंघ नेता युधिष्ठिर गैह्र खहरे युवा क्लबका अध्यक्ष अमृत परियार(बोधी) लगायतको उपस्थितिमा राहत वितरण गरिएको थियो । 

फाउन्डेसनले जिल्लाका ११ ओटै पालिकामा त्यस्ता बस्तीको खोजी गरी खाद्यान्नको अभाव हुन नदिने गरी अगाडी बढेको जनाएको छ । अत्यन्तै विपन्न वर्ग र दैनिक मजदुरी गर्ने वर्गलाई जुनसुकै सहयोग गर्न तयार रहेको फाउन्डेसनका अध्यक्ष कमल ढकालले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ