arrow

निषेधाज्ञाले मूल्यवृद्धि

logo
टेकराज अवस्थी,
प्रकाशित २०७८ असार ४ शुक्रबार
dadheldhura-ddl.jpg

डडेलधुरा । कोरोना सङ्क्रमण र निषेधाज्ञाले डडेलधुरामा निर्माण सामग्रीको ३० प्रतिशतले वृद्धि भएको पाइएको छ । मूल्य वृद्धि गएको असोजमा रु.७५ बिक्री मूल्य रहेको सरिया छडको मूल्य बढेर अहिले रु. ११० भए पछि निर्माण कार्य प्रभावित हुनुका साथै सर्वसाधारण सबैलाई मार्का परेको छ । 

वैशाख १७ गते देखि निषेधाज्ञा जारी भएको आज ५० दिनमा आएर व्यक्तिगत तथा सार्वजनिक निर्माण सेवामा प्रयोग हुने सिमेन्ट, सरिया, इँटा, ग्याभिङ लगायत फलामे बस्तुहरू, कर्कट पाता, पाइप तथा सेनेटरी जस्ता विविध सामग्रीको मूल्य तिस प्रतिशत भन्दा बढी मूल्य बढेको हार्डवेयर व्यवसायी यक्षराज पाण्डेयको भनाई छ । 

यस्तै कोरोनाको प्रभाव सँगै असारे विकास प्रवृत्ति र योजना सम्पन्न गर्ने घर्किँदो समय सीमाका कारण बजारमा सामानको मूल्यवृद्धि भएका कारण व्यक्तिगत समस्या त थपियो नै उपभोक्ता समिति र निर्माण व्यवसायी पनि अत्यधिक मारमा परेको निर्माण व्यवसायी एवं समाजसेवी रबी केसीको भनाई छ.।

सिमेन्ट, छड, प्लाइउड, पाइप लगायतका धेरै निर्माण सामग्रीका डिलर समेत रहेका डडेलधुरामा रहेका छन् । व्यवसायीको माग अनुसार सिधै डडेलधुरामा अन लोड हुने महत्त्वपूर्ण निर्माण सामग्रीहरू अहिले कम्पनी मै अभाव रहेकोले खरिद बिक्री कोटेसन बिग्रिएर चाहे जति मालसामान आउन नसकिरहेको व्यवसायी धर्म ताम्राकार बताउँछन् । 

थोक तथा खुद्रा पसलहरू रहेको डडेलधुरामा मूल्य वृद्धि मात्र नभई ग्रामीण सडकहरू निषेधाज्ञा र लगातारको बर्सातले बन्द हुँदा कतिपय सामग्री बिक्री नै नभइरहेको र कतिपय अत्यावश्यक निर्माण सामग्रीको पनि अभाव रहेको व्यापारी राजु पनेरु बताउँछन् । 

मूल्यवृद्धि भन्दा अगाडी ठेक्का भयो, सामानको रेट बढेर आकासियो कसरी काम गर्ने, कसरी भुक्तानी लिने समस्या मात्र भएन निर्धारित समयमा काम सम्पन्न गर्ने र दुईचार पैसा आम्दानी हुने बाटो पनि बन्द भएको निर्माण व्यवसायी तथा निर्माण व्यवसायी सङ्घ डडेलधुराका पूर्व महासचिव दान बहादुर साउदले बताए । साथीहरू मार्कामा छन् तर सरकारी निकायले मूल्य किन वृद्धि हुँदै छ भन्ने नियमन गर्न सकिरहेको छैन यसले गुणस्तर मापदण्ड र राज्यलाई नै प्रत्यक्ष र परोक्ष रूपमा असर पुगाउने ठम्याई रहेको छ । 

सामानको मूल्य बढे पछि व्यक्तिगत घर निर्माण प्रक्रियामा रहेका घरधनीलाई पनि अतिरिक्त खर्च व्यहोर्नू पर्नै बाध्यता आई परेको छ भने समयमै काम गरी सक्नु पर्नै उपभोक्ता समितिहरूलाई पनि मारमा पारेको समाजसेवी धर्मराज रोश्यारा बताउँछन् । कोरोना नियन्त्रण र रोकथामका लागि जारी भएको निषेधाज्ञाले आम जनजीवन प्रभावित त छ नै निर्माण लगायत दैनिक उपभोग्य सामानको मूल्य वृद्धिले आम जनतामा निराशा छाएको छ भने आम्दानीका श्रोतहरू पनि सङ्कटग्रस्त अवस्थामा रहेका छन् । 

सुदूरपश्चिमको पहाडी जिल्लाको प्रमुख व्यापारिक केन्द्रको रूपमा रहेको डडेलधुराबाट पछिल्ला केही वर्ष यता डडेलधुरा लगायत छिमेकी जिल्ला बैतडी र डोटी जिल्लाका सीमा क्षेत्रका ग्रामीण क्षेत्रमा पनि निर्माण सामग्रीहरू जाने गरेकोले पनि डडेलधुराको समग्र अर्थतन्त्र बलियो हुँदै गएको भए पनि महामारी र महामारीको नाममा भइरहेको अस्वाभाविक मूल्य वृद्धिले आम जनता सास्ती व्यहोर्न बाध्य भएको उद्योग वाणिज्य सङ्घ डडेलधुराका अध्यक्ष लोकराज भट्टले बताए ।
 
कोरोनाको गत वर्ष सन्त्रासमा पनि मूल्य नबढेको तर यस वर्ष अप्रत्याशित रूपमा उत्पादन र आयातमा मूल्य वृद्धि हुँदा निर्माण कार्य समयमै सम्पन्न हुने सरकारी र सार्वजनिक कार्य सम्पादन पनि प्रभावित भएको भए पनि सम्बन्धित निकायले नियमन गर्न नसकेकोमा सर्वसाधारण सरकार प्रति रुष्ट बनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ