arrow

टिपर आतंक : मोटरसाइकल चालकको मृत्यु, स्थानीयद्वारा टिपरमा आगजनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ४ शुक्रबार
tipper-butwal-rupandehi.jpg

सर्लाही । सर्लाहीको दक्षिण-पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिका-८, वसन्तपुर मुखिया चौकमा शुक्रवार साँझ टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलै ज्यान गएको छ । 

वसन्तपुरबाट हरिपूर्वा तर्फ गइरहेको नम्बर नखुलिसकेको टिपर र विपरीत दिशाबाट आउँदै गरेको ज ७ प ९०४२ नम्बर को मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका-१३, गौरीशङ्करका ३० वर्षीय अर्जुन महतोको ज्यान गएको हो ।

दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएपछि स्थानीयवासीले टिपरमा आगजनी गरेका छन् । अहिले प्रहरी टोली पुगेर घटनास्थलको अवस्थालाई साम्य पार्ने प्रयास गरिरहेको छ । टिपरका चालक प्रहरीको नियन्त्रणमा छन् । 

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीलाई उद्धृत गर्दै हरिपूर्वाबाट हाम्रा संवाददाता मुकेश झाले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ