arrow

टिपरको ढालाले च्यापिएर एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १० बिहिबार
dead2.jpg

पोखरा । टिपरको ढालाले च्यापिएर पोखरामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली दूधौली नगरपालिका वडा नं. ५ का २८ वर्षका अजय रोक्का रहेका छन् । 

पोखरा महानगरपालिका वडा नं. १४ खाल्टे मसिनामा ग२ख २२४ नम्बरको टिपरमा सामान लोड, अनलोड गर्ने क्रममा उनलाई ढालाले लाग्दा गम्भीर घाइते भएका थिए । 

उनको पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा बुधवार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटना पश्चात् टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ