- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले देशलाई 'साइन्स सुपरपावर' अर्थात 'विज्ञानको महाशक्ति'का रुपमा विकास गर्ने बताएका छन् ।
उनले अनुसन्धानका क्षेत्रमा बढाइएको बजेटलाई कसरी खर्च गर्ने भन्ने योजना समेत सार्वजनिक गरको छन् ।
यस्तै बेलायतका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भालान्सले विज्ञान र प्रविधि रणनीतिका लागि स्थापना हुने नयाँ कार्यालयको नेतृत्व गर्ने भएका छन् ।
नयाँ योजनामा कोरोना भाइरसविरुद्धको खोपमा बेलायतको सफलतालाई अन्य क्षेत्रमा पनि लागु गर्ने प्रधानमन्त्री जोनसोनको भनाइ छ ।
यस्तै कार्बन उत्सर्जन शुन्यमा झार्ने र क्यान्सरको उपचार मात्रै नभई यसलाई निर्मुल पार्नका लागि अनुसन्धान गरिने छ ।
सोमबार हर्टफोर्डशायरमा रहेको एक प्रयोगशालाको भ्रमणका क्रममा उनले बेलायतले विज्ञानको क्षेत्रमा बढी भन्दा बढी लगानी गर्ने बताएका छन् ।