arrow

दार्चुलामा ह्युम पाइपमा अड्किएर दुई बालकको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ८ मंगलबार
balak-home-pipe.jpg

दार्चुला । दार्चुलामा दुई बालकको ह्युम पाइपमा अड्किएर मृत्युु भएको छ । महाकाली नगरपालिका वडा नम्बर ४ बङ्गाबगड  स्थित लास्कु खोलामा रहेको ह्युम पाइपमा अडकिएर मृत्यु भएको हो ।

बुधबार दिउँसो पौडी खेलिरहेका बेला ह्युम पाइपमा अड्किएर महाकाली नगरपालिका ४ बस्ने १७ बर्षिय प्रकाश खत्री र १२ बर्षिय रमित कुवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुला तिङ्कर सडक जोड्ने निर्माणाधीन मोटरेवल पुलको ह्युम पाइपमा अडकिएर ज्यान गएको जनाइएको छ । उनीहरुको  शव स्काइभेटर प्रयोग गरि निकालिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ