- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आव्हान गरेकी छन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रिय सभाको बैठक १७ असारका लागि आव्हान गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्धारा जारी विज्ञप्तिमा १७ असार अपरान्ह ४ बजेका लागि बैठक आव्हान गरिएको उल्लेख छ ।
नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति ७ असारको सिफारिस अनुसार बैठक आहवान गरिएको विज्ञप्तिमा उल्लेख छ ।