arrow

माधव नेपालका दुई कुरा : ओलीप्रति नरम की गरम ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १० बिहिबार
madhav-kumar-nepal-makune-uml.jpg
तस्बिर : रासस

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले विहीबार एउटै कार्यक्रममा ओलीप्रति दुई प्रकारका धारणा व्यक्त गरे ।

विपक्षी गठवन्धन आबद्ध दलले  संसद भवनमा सम्पादकहरुसँग गरेको अन्तक्रियाका क्रममा नेपालले ओलीलाई एकातर्फ आफूले वास्तै गर्न छाडेको बताए भने अर्कातर्फ उनी सच्चिएर आए स्वागत गर्नुपर्छ भन्ने आसय व्यक्त गरे ।

‘मलाई केपीले पार्टीको सदस्यबाट हटाएका छन्, मैले मतलबै गरेको छैन, कौन पुछे खेसरीके दाल ?,’ मन्तव्यको क्रममा नेपालले शुरुमा नै ओलीप्रति व्यग्य गर्दै भने । सो क्रममा उनले प्रधानमन्त्री ओलीले देशलाई गम्भीर संकटमा पुर्याएको आरोपसमेत लगाए ।

देश गम्भीर संकटमा छ, ओलीले देशलाई संकटमा पुर्याए, देशलाई भड्खालोमा जानबाट जोगाऔं,’ नेपालले भने,‘देशलाई संकटबाट जोगाउन हामी कोर्स करेक्सनमा लागि रहेका छौं ।’

नेता नेपालले ओलीले आफूबाट गल्ती भएको स्वीकार गरेर आत्माआलोचना गरेर आए भने माफी दिनसकिने बताए । 

‘केपी ओलीले आफूलाई करेक्सन गरेर आए भने स्वागत गर्नु पर्छ, उनी सुध्रिउन्, सुध्रिएर आए भने उनलाई स्वागत गर्नु पर्छ है शेरबहादुर जी ?,’ नेपालले शेरबहादुर देउवातर्फ इगिंत गर्दै भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ