भेरोसेलको दोस्रो डोज खोप अभियान असार २१ देखि सुरु हुने
हाम्रा कुरा
प्रकाशित २०७८ असार १२ शनिबार
943
Shares
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। भेरोसेल खोप पहिलो डोज लगाएकाहरूलाई दोस्रो खोप असार २१, २०७८ देखि अभियानका रूपमा लगाउने भएको छ।
कोभिड-१९ रोगको रोकथाम र नियन्त्रण गर्न लागि नेपाल सरकार नीति तथा निर्णय अनुसार २०७७ साल माघ १४ गते खोप अभियान नेपालमा सुरु भएको हो। त्यहिक्रममा २०७८ जेष्ठ २५ गते देखि भेरोसेल खोपको पहिलो मात्रा लगाएको २१ देखि २८ दिन पछि दोस्रो खोप लगाउने निर्णय गरिएको छ।
पहिलो चरणको खोप कार्डको आधारमा आफूलाई सहज पर्ने स्थानमा दोस्रो डोज खोप लगाउन पाइने जनाइएको छ। मन्त्रालयले ७७ वटै जिल्ला कार्यालयलाई सकेसम्म छोटो अवधिमा खोप अभियान सम्पन्न गर्ने व्यवस्था गर्न भनेको छ।