arrow

ओलीले बोलाए एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १३ आइतबार
amale-isthai-samiti.jpg

काठमाडौं । नेकपा एमालेले आगामी असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक जीवन र भावी रणनीति तय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको स्थायी कमिटी बैठक उक्त निर्णय गरेको हो ।

बैठकका बारेमा जानकारी दिंदै प्रवक्ता प्रदीप ज्ञवालीले असार १६ गते बुधवारका लागि महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

बैठकमा माधव नेपाल पक्षसँग भएका सहमतिको प्रयास बारे समेत चर्चा भएको प्रवक्ता ज्ञवालीले संचारकर्मीहरुलाई जानकारी दिए । पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारी र राष्ट्रिय राजनीतिका बारेमा पनि गम्भीर रुपमा छलफल भएको उनले बताए ।

यद्यपी, सर्वोच्च अदालतले आयोजक कमिटीलाई नचिन्ने र यस कमिटीले गरेका कारवाहीको निर्णय वैधानिक हुन नसक्ने आदेश दिएको थियो ।

त्यस्तै पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनुपर्ने माग माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले गरिरहेका थिए ।  तर ओली पक्षीय स्थायी कमिटीको बैठकले इतर समूहको आग्रह र सर्वोच्चको आदेशलाई समेत बेवास्ता गर्दै बैठक बोलाएको हो ।

यता ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता गरेर एकतामा आउन नेपाल पक्षलाई अपिल गर्दै आइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ