arrow

स्याङ्जाको गल्याङमा चितुवालाई गोली हानी मारियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १४ सोमबार
leopard-cheetah-killed.jpg

स्याङ्जा। स्याङ्जाको गल्याङमा चितुवालाई गोली हानेर मारिएको छ। गल्याङ-७ का खड्कबहादुर गाहामगरको बङ्गुर खोरमा पसेको चितुवालाई प्रहरीले गोली हानी मारेको हो। चितुवाले मानिसलाई नै आक्रमण गर्न थालेपछि गोली हानी मारिएको स्याङ्जा प्रहरीले जनाएको छ।

उक्त चितुवा आइतबार बिहान गाहामगरको बङ्गुर खोरमा पसेको पसेको थियो। खोरमा रहेका आठमध्ये तीन वटा बङ्गुर लाई चितुवाले मारिसकेको थियो।

त्यसपछि प्रहरी, स्थानीय र वनका कर्मचारीले बागलाई नियन्त्रण प्रयास गरे। चितुवा अचानक खोरबाट भाग्यो। भाग्ने क्रममा चितुवाले गल्याङ ७ तोलातुङ का ३८ वर्षीय लालबहादुर विकलाई एक्कासि आक्रमण गरेपछि विकको जीवन रक्षार्थ प्रहरीले गोली चलाउनु परेको बताइन्छ।

सब डिभिजन वन कार्यालयका कर्मचारी र स्थानीय जनप्रतिनिधिको रोहबरमा गोली हानिएको हो। गोली लागेर घाइते चितुवा केही समयपछि मरेको थियो।

मृत चितुवाको मुचुल्का कार्य सम्पन्न गरी वन कार्यालयका जिम्मा लगाइएको थियो। चितुवालाई प्रहरी र जनप्रतिनिधिको रोहबरमा गल्याङ ३ नर्सरी वन कार्यालयको कम्पाउन्डमा खाडल खनी पुरिएको छ।

घाइते लालबहादुरको गल्याङ नगर अस्पतालमा उपचारपश्चात् घर पठाइएको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ