arrow

सरकारले नेपालको कृषि क्षेत्रलाई तहसनहस गर्ने काम गरिरहेको छ : वामदेव गौतम

'किसानलाई बेरोजगार र घरबारबिहीन बनाउन प्रयास भइरहेको छ’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १५ मंगलबार
bamdev1.jpg

काठमाडौं । नेकपा एमालेका नेता एवम् अखिल नेपाल किसान महासंघका अध्यक्ष वामदेव गौतमले वर्तमान सरकारले कृषि क्षेत्रमा दलाल पुँजिवाद र वहुराष्ट्रिय कम्पनीलाई भित्र्याउने र नेपालको कृषि क्षेत्रलाई तहसनहस गर्ने काम गरिरहेको आरोप लगाएका छन् ।

असार १५ अर्थात धान दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै गौतमले इण्डोनेशिया र फिलिपिन्समा पूर्णतः असफल
भइसकेको भूमी बैंक कार्यक्रम सरकारले ल्याएकोमा आपत्ति जनाएका छन् ।

सरकारले सरकारले बहुराष्ट्रिय कम्पनीलाई नेपालको प्राथमिक उत्पादनको क्षेत्रमा प्रवेश गराउनका लागि वैदेशिक लगानी व्यवस्था ऐनको अनुसूची संशोधन गरेर अनुकूल गरेर किसानलाई बेरोजगार र घरबारबिहीन बनाउन लागेको उनको आरोप छ ।

नेता गौतमले सरकार करार खेती भित्र्याउन लागेको उल्लेख गर्दै यो नेपालको संविधान २०७२ मा उल्लेखित खास सम्प्रभुताको विरुद्ध रहेको बताए । यसले निश्चित व्यापारिक घरानालाई पोस्ने काम मात्र गर्ने उनको बुझाइ छ ।

‘करार खेती भनेको एक किसिमको कर्पोरेट मोडकलको कृषि कार्य हो, जहाँ व्यापारिक म्पनी हावी हुन्छन् र कृषक समुदाय पूर्णतः विस्थापित हुन्छन् । भारतदेखि युरोपेली मुलुकका किसानहरू यस्तो खेती प्रणालीबाट प्रताणित छन् । कतिपय मुलुकमा किसान यस्तो खेती प्रणालीविरुद्ध छन्’ नेता गौतमले भनेका छन् ।

उनले विज्ञप्तिमार्फत भएका छन्, ‘हामीले पहिल्यैदेखि भन्दै आएका हौं, नेपालको कृषि क्षेत्रमा बहुराष्ट्रिय कम्पनीलाई पूवेश गर्न दिइनुहुँदैन । यदि त्यसो गरियो भने नेपाली किसान जनताका हक, अधिकार र समृद्धिका सम्पूर्ण योजना भताभुङ्ग हुन्छन् ।’


 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ