- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । प्रदेश २ को मुख्य बाली धान नै रहेको प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बताएका छन् । बुधवार १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव २०७८ राष्ट्रिय धान वाली अनुसन्धान कार्यक्रम हर्दिनाथ बनिनीयामा भएको कार्यक्रममा बोल्दै मन्त्री साहले धान नै प्रदेश २ सरकारका समृद्धि र विकास मुख्य आधार रहेको बताए।
कार्यक्रममा मन्त्री साहले १० महिना को रेकर्ड अनुसार मुलुकमा बाहिरबाट ४४ अरब को चामल आयात भएको र त्यसलाई कसरी कम गर्ने सकिने त्यो उपाय अपनाइपर्ने बताए । यो आयातलाई प्रतिस्थापन गर्नको लागी तिनै तहका सरकारबाट प्रतिबद्धता आउनुपर्ने र एउटै सरकारले चाहे पनि सम्भव नहुने जानकारी गराए। स्थानीय सर कारसँग भने बजेट बनाउँदा नीति कार्यक्रममा कृषिलाई प्राथमिकता दिन आग्रह गरे। अहिले पनि प्रदेश २ बाट यो देशलाई २५ प्रतिशत कृषि उत्पादन दिइराखेका छन् ।
कार्यक्रममा अर्को तर्कमा मन्त्री साहले भने सङ्घीय सरकार ले सहयोग नगरेको कारण आत्मनिर्भर बन्नको लागी सिचाइ ,खाद्य र उन्नत जातको बीउ बढ मात्रामा नपाउनको कारण समस्या खेप्नुपरेको बताए । तर यो वर्ष देखी धेरै समस्यामा सुधार भइरहेको जानकारी गराए।
प्रदेश सरकारले किसानलाई विभिन्न कृषि यन्त्र मा ५० प्रतिशत देखि ८० प्रतिशत सम्म अनुदान दिएको मन्त्री साहले जानकारी दिए । प्रदेश सरकारले धेरै छिटो किसानलाई धानको समर्थन मूल्य दिने पनि मन्त्री साहले बताए । प्रदेश २ मा २६.९ प्रतिशत धान उत्पादन भइरहेको डाटामा देखिएको छ।
"धान उत्पादन वृद्धि :खाद्य सुरक्षा , आत्मनिर्भरता र समृद्धि "नारा को साथ १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव २०७८ प्रदेश २ सरकारले मनाएको छ । कार्यक्रममा राष्ट्रिय धान वाली अनुसन्धान कार्यक्रम हर्दिनाथ का प्रमुख भानुभक्त ढकाल , प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय का सचिव डाक्टर सम्झना कुमारी काफ्ले , कृषि विकास निर्देशनालय प्रमुख डा.रत्न झा,लगायतले आ आफ्नो धारणा राखे ।