arrow

एमालेको महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
NEKAPA1.jpg

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बुधबार(आज) विहान ११ बजे बालुवाटारमा बस्दैछ ।

मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।

बुधबार महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्न बैठक बस्न लागेको प्रवक्त प्रदिप ज्ञवालीले जानकारी गराएका छन् । । योसँगै एमाले औपचारिक रुपमै ०७५ जेठ २ को अवस्थामा फर्कनेछ । महाधिवेशन आयोजक कमिटी भंग हुँदैछ ।

नेकपा विवादमा सर्वोच्च अदालतले गत फागुन २३ मा एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काएपछि २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पार्टी कमिटीलाई आयोजक कमिटीमा रुपान्तरणको घोषणा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ