arrow

एमालेको महाधिवेशन आयोजक कमिटी भंग, आठ नेतालाई लगियो स्थायी कमिटीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
nekapa-balwatar.jpg

काठमाडौं। नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग गर्दै आठ नेतालाई स्थायी कमिटीमा मनोनयन गरिएको छ ।

महाधिवेशन आयोजक कमिटीको नाममा भए गरेका एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सन्चालन हुने गरी एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउदै माओवादीबाट आएका नेतासहित आठलाई स्थायी कमिटीमा मनोनयन गरेको हो ।

वालुवाटारमा बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको हो । महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत फिर्ता भएको छ । 

नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लवेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ