arrow

बालुवाटारमा बसेको एमाले बैठकले के गर्‍यो निर्णय ?

logo
रासस,
प्रकाशित २०७८ असार १६ बुधबार
uml-madhibeshan.jpg

काठमाडौँ । नेकपा (एमाले) ले बुधवार सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति बैठकले आयोजक समिति भङ्ग गरी पूर्ववत् केन्द्रीय कमिटी कायम रहने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले यो निर्णय गरेसँगै एमाले विभाजनको खतरा टरेको छ । केन्द्रीय कमिटी कायम रहँदा यसअघि गरिएको नेताहरूको कारबाही स्वतः फुकुवा हुने भएको छ ।

एमालेले माओवादी केन्द्रसँगको एकतापुर्वको केन्द्रीय कमिटीको बैठक यही असार १८ गते आव्हान गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको बुधवार सम्पन्न स्थायी कमिटीले आयोजक कमिटीलाई रूपान्तरण गर्ने प्रस्ताव अघि सारेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले केही सर्तसहित गत जेठ २३ गते पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ गते नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्वक संरचनामा सञ्चालन गर्न तत्पर भएको घोषणा गरेका थिए ।

 अध्यक्ष ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा जोडिएका नेपाल पक्षका केही तत्कालीन सांसदले हस्ताक्षर फिर्ता गर्नुपर्ने सर्त राखेका थिए  ।
 
यसअघि स्थायी कमिटीको यही असार १३ गतेको बैठकले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा, पार्टीको महाधिवेशन आयोजक कमिटीमाथि उठाइएका विवादलगायत विषयमा छलफल गर्न बुधवार आयोजक कमिटीको बैठक भएको हो ।
  
सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी एकतापूर्वक अवस्थामा रहेपछि एमालेको गत फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठकले आयोजक कमिटी गठन गरेको थियो  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ