arrow

जेफ बेजोसभन्दा अघि 'भर्जिन ग्यालेक्टिक'का संस्थापक रिचर्ड ब्य्रान्सन अन्तरिक्ष भ्रमणमा जादै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १८ शुक्रबार
jeff-branson richard branson.jpg

काठमाडौं । यतिबेला पृथ्वीका धनाड्यहरुबीच अन्तरिक्ष अन्वेषण र अन्तरिक्ष व्यापारकाे दौड चलिरहेकाे छ ।

खासगरी विश्वकै धनाड्य जेफ बेजोसको अन्तरिक्ष अन्वेषणसम्बन्धी कम्पनी 'ब्ल्यु ओरिजन', एलन मस्कको 'स्पेस एक्स' र रिचर्ड ब्य्रान्सनले स्थापना गरेको 'भर्जिन ग्यालेक्टिक' कम्पनी अन्तरिक्षको प्रतिस्पर्धामा रहेका छन् ।

केही साता अघि विश्वकै धनाड्य जेफ बेजोसले जुलाई २० मा आफु अन्तरिक्ष भ्रमणमा जाने घोषणा गरेका थिए । 

बेजोसकै कम्पनी ब्ल्यु ओरिजनले बनाएको अन्तरिक्ष यानमा जेफ बेजोससँगै उनका भाइ मार्क बेजोस, ८२ वर्षीया स्पेस पाइलट वाल्ली फंक र एक अज्ञात व्याक्ति (जसले बेजोसँग जानका लागि २ करोड ८० लाख अमेरिकी डलर तिर्नेछन्)भ्रमणमा जाने भएका छन् ।

तर, बेजोसभन्दा अघि भर्जिन ग्यालेक्टिक अन्तरिक्ष अन्वेषण कम्पनीका दुई संस्थापक (बर्ट रुटन र रिचर्ड ब्य्रान्सन)मध्ये रिचर्ड ब्य्रान्सनले जुलाई ११ मा नै अन्तरिक्षमा जाने घोषणा गरेका छन् ।

कम्पनीका अनुसार भर्जिन ग्यालेक्टिकको अन्तरिक्ष यानमा दुई पाइलट, चार मिसन बिशेषज्ञ र कम्पनीका संस्थापक एवं अर्बपति उद्यमी सर रिचर्ड ब्य्रान्सन अन्तरिक्षमा जानेछन् ।

भर्जिन ग्यालेक्टिकको यो नै पहिलो यात्रुसहितको अन्तरिक्ष मिसन हुनेछ । ब्ल्यु ओरिजनको पहिलो पहिलो यात्रुसहितको मिसनमा जेफ बेजोस पनि आफै टिमसहित जान लागेका हुन् ।

एलन मस्कको स्पेस एक्सले भने यसअघि नै यात्रुहरुलाई अन्तरिक्षमा सपलरुपमा पुर्याइसकेको छ । 

अन्तरिक्ष यातायातलाई सहज बनाउन एवं अन्तरिक्षमा व्यापारिक यानहरु चलाउनका लागि यी कम्प्नीहरुबीच तिस्पर्धा भइरहेको छ । 

अन्तरिक्षमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रु एवं आवश्यक सामग्री पुर्याउन पनि यस्तै अन्तरिक्ष यानको प्रयोग हुन्छ । जुन एलन मस्कको कम्पनी स्पेस एक्सले सफल रुमा गर्दै आएको छ ।



नयाँ