काँग्रेस पदाधिकारी बैठक सुरु : क्रियाशील सदस्यता छानबिन मापदण्डमा छलफल
हाम्रा कुरा
प्रकाशित २०७८ असार १८ शुक्रबार
983
Shares
काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केही बेरअघि सुरु भएको बैठकमा क्रियाशील सदस्यता सम्बन्धी विवादका विषयमा छलफल हुँदै छ ।
बैठकले सदस्यता सम्बन्धी विवाद मिलाउनका लागि मापदण्ड बनाउने बताइएको छ । निर्धारित समय भन्दा तीन घण्टा ढिला सुरु बैठक बस्नु अघि नै सदस्यताका विषयमा देखिएका विवादबारे समूहगत छलफलसमेत भएका थिए । बैठक २ बजेका लागि बोलाइएको थियो ।
काँग्रेसले क्रियाशील सदस्यताका विषयमा आएका उजुरीबारे छानबिन गर्न मापदण्ड बनाउन नसक्दा समितिले तीव्रताका साथ कामसमेत गर्न पाएको छैन ।