arrow

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नेपाल पक्षलाई पनि बोलाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १९ शनिबार
nekapa-.jpg

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज शनिबार अपराह्न ३ बजे बालुवाटारमा बस्ने भएको छ ।

पार्टीका साङ्गठनिक काम कारबाही साथै आन्तरिक जीवनबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा एमालेले यसअघि घोषणा गरेको दसौँ महाधिवेशनको मिति सार्ने विषयमा पनि निर्णय हुने बताइएको छ ।

छलफलमा माधव नेपाल समूहलाई पनि बोलाइएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार बस्ने बैठकमा सहभागी हुन नेपाल पक्षलाई आग्रह गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन माधव नेपाल र झलनाथ खनालसहितका २३ नेतालाई अध्यक्ष ओलीले २ दिनको समय पनि दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ