arrow

राप्रपा एकता महाधिवेशन कार्तिकमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १९ शनिबार
Raprapa-3leader.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन कार्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ ।

शनिबार अध्यक्ष पशुपतिशमशेर राणको अध्यक्षतामा बसेको राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकले २७, २८, २९ र ३० कार्तिकसम्म पार्टीको एकता महाधिवेशन काठमाडौंमा गर्ने गरी कार्यतालिका अनुमोदन गरेको हो ।

नेता जनकराज पाठकका अनुसार राप्रपाले वडारगाउँरनगररप्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन भदौ मसान्तसम्म सम्पन्न गर्ने भएको छ । 

यस्तै सक्रिय सदस्यता भदौ मसान्तसम्म वितरण गरिसक्ने र ७ असोजसम्म केन्द्रीय निर्वाचन समितिलाई उपलब्ध गराउने, २० असोजसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने राप्रपाको निर्णय छ ।

यस्तै प्रदेश कार्य समितिको निर्वाचन १५ असोजसम्म गर्ने निर्णय भएको छ । यसअघि तय राप्रपाको महाधिवेशन कोरोना संक्रमणका कारण स्थगित गरिएको थियो ।

यसअघि २५ देखि २७ जेठसम्म महाधिवेशन गर्ने राप्रपाको निर्णय थियो ।  राप्रपा र राप्रपा (संयुक्त) बीच पार्टी एकीकरण भएपछि राप्रपाको एकता महाधिवेशन हुन लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ