arrow

दार्चुलामा असार मसान्तसम्म निषेधाज्ञा थप, सार्वजनिक यातायात खुला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २० आइतबार
darchula-cdeo.JPG

दार्चुला । दार्चुलामा निषेधाज्ञा असार मसान्त सम्मका लागि थप गरिएको छ । कोरोना सङ्क्रमण दर केही घटेको भए पनि जोखिम कायमै रहेको भन्दै असार मसान्त सम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । 

शुक्रवार बसेको जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको बैठकको सिफारिस अनुसार असार मसान्तसम्म निषेधाज्ञा थप गरिएको हो । कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन जारी निषेधाज्ञालाई खुकुलो पार्दै असार मसान्तसम्मका लागि निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । 

सार्वजनिक सवारी साधनमा लगाएको जोर बिजोर प्रणाली हटाएर सिट क्षमता अनुसार जिल्ला भरी सार्वजनिक यातायातका साधन सञ्चालन गर्न पाइने छ । यस्तै होटेल, मदिरा पसल बाहेक अन्य सबै प्रकारका पसलहरू बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गर्न पाइने प्रजिअ जोशीद्वारा जारी आदेशमा जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ