arrow

एमालेको विवाद समाधानका लागि बनेको कार्यदल ब्युँतियो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ असार २१ सोमबार
oli-nepal-singhadurbar-meet.jpg
फाइल तस्बिर

काठमाडौँ। सत्तारुढ दल एमालेको आन्तरिक विवाद समाधानका लागि बनेको कार्यदल ब्युँतिएको छ। यसअघि निष्क्रिय भएको कार्यदल आज ब्युँतिएको हो। कार्यदल ब्युँतिए सँग एमालेको विवाद समाधान उन्मुख भएको छ।

यसअघि अध्यक्ष केपी शर्मा ओली समूहबाट ५ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट ५ गरी १० सदस्यीय कार्यदल बनाइए पनि ओलीले प्रतिनिधि सभा विघटन र कार्यदलमा रहेका भीम रावललगायतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि कार्यदल निष्क्रिय बनाइएको थियो।

यसअघि कार्यदलको दुई पटकसम्म बैठक बसेको थियो। तर, त्यो बैठकमा सहमति जुट्न सकेको थिएन। त्यसपछि देउवालाई प्रधानमन्त्री बनाउन माधव समूहका २६ जना सांसदले हस्ताक्षर गरेका थिए। ती मध्ये कार्यदलमा रहेका रावललाई पार्टीबाटै निष्कासनसमेत गरिएको थियो।

कार्यदलमा ओली समूहबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल छन् भने माधव समूहबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ