arrow

बुद्धभूमि नगरपालिकाको बजेट १ अर्ब १८ करोड

logo
मणि प्रसाद गैेह्रे
प्रकाशित २०७८ असार २१ सोमबार
buddhabhumi.jpg

कपिलवस्तु ।  बुद्धभूमि नगरपालिकाले आव ०७८/०७९ का लागि १ अर्ब १८ करोड बराबरको बजेट पारत गरेको छ । सोमबार बजेट ल्याएर नवौं नगर सभाको अन्त्य गरेको छ ।

नगरसभा पछि नगरपालिकाले पत्रकार समक्ष बजेटमा उल्लेखित महत्वपूर्ण योजनाबारे जानकारी गराएको थियो । बजेट सार्वजनिकिकरण कार्यक्रममा नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरले चार वटा गौरवका आयोजनालाई समेटर बजेट निर्माण गरेको जानकारी दिए  ।

बजेटमा टिक्कर-बुड्ढी-तौलिहवा सडकखण्ड डबललेन, बुड्ढी तालको सुन्दरीकरण, चक्रपथ निर्माण र १५ शैयाको स्वास्थ्य चौकी निर्माणलाई नगर गौरवको योजनाको रुपमा राखिएको नगर प्रमुख श्रेष्ठले बताए । यस्तै बजेटमा अधुरा योजना पूरा र गर्न सकिने कामलाई प्राथमिकतामा राखिएको उनले बताए ।

अहिलेको बजेट आफुहरुको अन्तिम कार्यकालको रहेको भन्दै जनताले अनूभुति गर्ने खालका र समयमै काम सक्ने गरी बजेटमा कार्यक्रम समेटिएको उनले बताए । नगर प्रमुख श्रेष्ठले नगर सभाबाट आवधिक योजनासंगै पञ्चबर्षीय योजना पारित भएको भन्दै अब बुद्धभूमिले विकास निर्माणमा फड्को मार्ने विश्वास व्यक्त गरे  । योजनाबद्ध विकासले मात्र नगरबासीको मन जित्न सकिने भन्दै आवधिक योजना र पञ्चबर्षीय योजनालाई मार्गदर्शनको रुपमा लिइएको उनले बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले असार ६ गते नीति तथा कार्यक्रम पास गरी सर्वसम्मत ढंगले बजेट पारित भएको बताए ।  नगरपालिकाका प्रवक्ता पवनकुमार चौधरीमा पत्रकार समक्षमा बजेटमा उल्लेखित महत्वपूर्ण योजना तथा कार्यक्रमको बारेमा जानकारी दिए ।

नगर प्रवक्ताले दिएको जानकारी अनुसार बुद्धभूमिले आगामी बजेटमा असाध्य रोगका विरामीलाई १० हजार सहयोग देखि वडा नं। ३ मा शहरी क्लिनक सञ्चालन गर्नेसम्म रहेको छ । सचे अवसरमा नर उप प्रमुख मिरा थारुले नगरको विका र लक्षित वर्गको क्षमता विकासको लागि योजनाहरु पास भएको जानकारी दिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ