arrow

जिपी फाउन्डेसन पर्साद्वारा दुई जना पत्रकारलाई सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २२ मंगलबार
GP-Parsa.jpeg

वीरगंज । लोकतन्त्रका महानायक तथा नेपालका पुर्वप्रधानमन्त्री स्व गिरिजा प्रसाद कोइरालाको ९८ औं जन्म जयन्तीमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन(जिपी फाउन्डेसन) पर्साले तीन दिने कार्यक्रमको मंगलबार समापन गरेको छ ।

फाउण्डेशन पर्साले स्व.कोइरालाको नाममा तीन दिने कार्यक्रमको तालिका अनुसार मंगलबार अन्तिम दिन दुई जना पत्रकारलाई जनही २५ हजारका दरले रकम दिई सम्मानित गरेको हो ।

फाउण्डेशन पर्साले स्थापना गरेको क्रियाशील पत्रकारिता पुरस्कारबाट बीबीसी नेपाली सेवाकी पर्सा संवाददाता एवम् सामुदायीक रेडियो नारायणी एफएमकी समाचार प्रमुख माधुरी महतो र ग्यालेक्सी फोरके टेलिभिजनका पर्सा संवाददाता इरफान अलीलाई नगद र सम्मानपत्रबाट सम्मानित  भएका हुन ।

फाउन्डेसनको आयोजनामा नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा एक कार्यक्रम बीच वीरगंज महानगरपालिकाका उपप्रमुख शान्ती कार्कीले महतो र अलीलाई नगदसहित सम्मानपत्रले सम्मानित गरेकी थिइन् । जनही २५/२५ हजार नगद र प्रमाणपत्र तथा दोसल्लाबाट सम्मानित हुने पत्रकारद्वयले सम्मानले थप हौसला प्राप्त भएको बताउदै अझै कलम र आम नागरिकका सवालप्रति जिम्मेवार बनाएको प्रतिक्रिया दिए ।

फाउन्डेसनका अध्यक्ष मोहम्मद साहबुदिनको अध्यक्षतामा भएको सो कार्यक्रममा विशिष्ट अतिथि नेपाली काग्रेसका तराई मधेश समन्वय विभागका केन्द्रिय सचिव राम नारायण प्रसाद कुर्मी, दिना गुप्ता, श्याम कुमार पोख्रेल, ध्रुव नेपाल, प्रकास उपाध्याय, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, प्रदेश नं.२ का महासचिव श्याम बन्जरा, पर्सा जिल्ला अध्यक्ष अनुप तिवारी, नेपाली काग्रेसका क्षेत्रीय सभापति विजय सर्राफ, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, तरुण दलका नेता हुकुम सिहंलगायत सञ्चारकर्मी  फाउन्डेसनका पदाधिकारीहरु र नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ