arrow

एमाले एकता कार्यदलको बैठक सकरात्मक, विहीबारसम्म सहमति बनिसक्ने : प्रवक्त ज्ञवाली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
pradeep-gyawali5.jpg

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न बनेको एकता कार्यदल बैठक निष्कर्ष उन्मुख भएको नेताहरुले बताएका छन् । बुधबार बसेको बैठकले पार्टी एकताको प्रयास सकरात्मक भएको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिएका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय कार्यदलको बैठक निष्कर्ष उन्मुख भएको र विहीबार पुनः बैठक बसेर टुङ्याइने ज्ञवालीले संचारकर्मीहरुलाई जानकारी गराएका छन् ।

बुधबार साँझ नै ओली र नेपालबीच वार्ता हुने अनुमान गरिएको छ । हालसम्म कार्यदलका नेताहरुसँग परामर्श गर्ने र भावना बुझ्ने काम भएको र विहीबारसम्म सहमतिका आधार तय गरिने ज्ञवालीले जानकारी दिएका छन् ।

पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थित रुपमा सहमतिमा परिणत गर्न कार्यदलको बैठक दैनिकजसो बसिरहेको उनले बताए ।  अध्यक्ष ओली र नेता नेपालबीचको सहमतिबाट १० सदस्यीय कार्यदल गठन भएको थियो । 
 



नयाँ