arrow

मन्त्री श्रेष्ठले राजीनामा नदिए संसद्मै अनशन बस्ने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
paswan.jpg

काठमाडौं । राष्ट्रिय सभाका सांसद राधेश्याम पासवानले संसद्मै अनशन बस्ने चेतावनी दिएका छन् ।  शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले पदबाट राजीनामा नदिएमा पासवानले संसद्मै अनशन बस्ने चेतावनी दिएका हुन् ।

माओवादी संसद् पासवानले राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले जातीय विभेदका पक्षमा साथ दिएर संविधानको खिल्ली उडाएकाले मन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

रुपा सुनारले जातीय आधारमै डेरा नपाएको विषय उठाउँदै उजले दोषी घरधनी महिलालाई हिरासतबाट छुटाएर आफ्नो मोटरमा लगेकोमा आपत्ति जनाउँदै राधेश्यामले राजीनामा मागेका हुन् । उनले मन्त्रीको राजीनामा नआए संसदभित्रै अनशन बस्ने चेतावनी दिएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ