arrow

प्रधानमन्त्री प्रतिनिधि सभाले चुन्ने हो, अधिकार खोसेर राष्ट्रपतिबाट बेइमानी भयो: विडारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
ram_narayan_bidari1.jpg

काठमाडौं । राष्ट्रिय सभाका सदस्य रामनारायण विडारीले प्रतिनिधि सभाले प्रधानमन्त्री चुन्न पाउनुपर्ने अधिकार समेत राष्ट्रपति आफूले खोसेर लिनु बेइमानी भएको बताएका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै विडारीले राष्ट्रपतिले संविधान उल्लङ्घन गर्दै जे पनि गर्ने अवस्था आएको र राजनीतिक संकट बढेको बताए ।

उनले एउटै प्रधानमन्त्रीले दुई दुई पटक संसद् विघटन गर्नु महाअपराध भएको उल्लेख गर्दै उनले यस्तो अक्षम्य अपराध संसारका कुनै पनि तानासाहले गर्दैन भने ।

चुनाव संविधानले भने अनुसार गर्नुपर्ने भएपनि प्रधानमन्त्रीले आफूखुशी चुनाव घोषणा गर्नु आपत्ति जनक रहेको बताए । उनले भारतमा ७० वर्षसम्म राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको विषयमा कहिल्यै विवाद नभएको बताउँदै नेपालको संविधानको धारा ७६ को उपधारा १ देखि ५ सम्म स्पष्ट रुपमा लेखे पनि राष्ट्रपतिले त्यसलाई पालना नगरेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ