arrow

नेपाल समूह निकट युवा संघद्वारा प्रतिगामी षडयन्त्रमा नलाग्न चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
Naresh Shai.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्व महासचिव माधवकुमार नेपाल समूह निकटको युवा संघ नेपालले जनतामा नेता र गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशी प्रणाली माथि अबिश्वास सृजना हुने र समग्र व्यवस्थालाई कमजोर बनाइ नेपाली समाजलाई फेरि प्रतिगमनमा लिने दुस्साहसका साथ आइरहेका अभिव्यक्तीहरुको खण्डन एवं भत्र्सना गर्दै प्रतिगामी षडयन्त्रमा नलाग्न जो कोहीलाई चेतावनी दिएको छ ।

संघका अध्यक्ष नरेश शाहीले बुधबार एक बिज्ञप्ती जारी गर्दै यदी कही कतैबाट नेपाली राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलीक अखण्डता संघीय गणतान्त्रिक ब्यवस्था बिरुद्धका गतिबिधी र षडयन्त्रहरु भएमा ति षडयन्त्र र प्रतिगमनकारी हरेक कदमहरुको शसक्त रुपले प्रतिरोधमा उत्रन युवा संघ नेपाल, सम्पुर्ण न्याय प्रेमी नेपाली युवाहरुमा अपिल गरेका छन् । 

नेपाली जनताले संञ्चालन गरेको आन्दोलनको जगमा स्थापित भएकोे धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रणाली, संघिय गणतान्त्रिक व्यवस्थालाई अझै पनि धेरै सामन्तवादी, प्रतिगमनकारी शक्तिहरुले स्विकार गर्न सकिरहेका छैनन् । नेपाली जनताको संघर्षको जगमा निर्माण भएको यस व्यवस्थालाई कमजोर बनाउन निरन्तर रुपमा विभिन्न जालझेल र षडयन्त्रहरु भईरहेको अध्यक्ष शाहीले जनाएका छन् ।

‘सत्तासिन पार्टीको केन्द्रिय कमिटीमा संघिय ब्यवस्था, धर्म निरपेक्षता हुँदै घुमाउरो रुपमा गणतन्त्रिक व्यवस्था माथी प्रश्न उठाउने गरी छलफल र बहस हुनु दुखद बिषय हो । माथिल्लो सदन (राष्ट्रीय सभा) मा शिर्ष नेतृत्वलाई व्यङ्ग गर्दै प्रयोग भएका गालीगलौजका शब्दले पनि प्रतिगमनकारी शक्तिहरुमा यो व्यवस्था प्रति अझै पनि वितृष्णा र गणतन्त्र ल्याउने नेतृत्वप्रति रिस र पुर्वाग्रह रहेको देखिन्छ’ शाहीद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

सरकार संञ्चालनको राज्य संयन्त्रको गैरजिम्मेवारीपनाको कारण जनताले लामो संघर्षबाट आर्जित यस व्यवस्थामा पनि दलित, महिला मधेसी, जनजाती लगायत पछाडी पारिएको जाती, क्षेत्र, समुदायले अझै पनि पुर्ण रुपमा अपनत्व लिन सकिरहेको छैन ।

हालै मात्र चितवनमा सुजिता भण्डारीको हत्या भएको छ । त्यो हत्या बलात्कार पश्चात भएको हुन सक्ने आफन्तको अनुमान छ । अपहरण परेको सुचना दिदा पनि प्रहरी प्रशासनले समयमै सकृय पहलकदमी नगरेकोले सुजिताको हत्यासम्म हुन पुगेको परिवारको गुनासो रहेको छ । यसरी समाज मा महिला हिंसा असुरक्षा बढ्नु गम्भिर विषय भएको संघले जनाएको छ ।

देशको राजधानी काठमाण्डौमा नै कोठा भाडाको बिषयलाई लिएर जातिय बिभेद भएको भन्ने मुद्दाको बिषयमा संघिय सरकारको मन्त्री नै विभेदको आरोप लागेकी व्यक्तिलाई प्रहरी प्रशासनबाट छुटाउन जानु दुखद र भात्र्सनायोग्य विषय हो । राज्य सबैको बराबर संरक्षक र अभिभावक हुनुपर्नेमा विभेद को मुद्दामा राज्यको मन्त्री स्वयं सहभागी हुनु राज्यको विभेदकारी चिन्तन र प्रवृत्ती प्रष्ट हुन्छ’ शाहीले बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

देशमा अहिले घटिरहेका घटनाक्रमहरुलाई हेर्दा हाम्रो ब्यवस्था कमजोर बनाउने र यस व्यवस्था माथी जनाताको बितृष्णा बढाइ प्रतिगमनकारी कदमलाई अगाडी बढाउने गम्भिर षडयन्त्र भैरहेको अनुभुती भएको ठहर युवा संघको रहेको छ । चितवनमा हत्या गरिएकी किशोरी सुजिता भण्डारीको हत्याको गम्भिर छनविन गरी दोषी पत्ता लगाइ कारवाहीको दायरामा ल्याउन संघले माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ