- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाललाई उनका लामो समयदेखिका समर्थकहरुले नै छाड्दै गएको अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले दाबी गरेका छन् । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नेता नेपालको व्यवहार र अडानका कारण उनलाई बर्षौंदेखि समर्थन गर्दै आइरहेकाहरुले दिनप्रतिदिन छोड्दै गइरहेको दाबी गरेका हुन् ।
उनले अहिले भइरहेको वार्ताबाट पनि सकारात्मक परिणाम नआएमा नेपालका अधिकांश समर्थकहरुले ओली पक्षमा सर्ने बताए । पार्टी र कार्यकर्ताहरुको भविश्य नहेरी आफ्नो अधिकार र भूमिका मात्रै खोज्ने गरेकाले नेता नेपाललाई उनकै समर्थकहरुले समेत मन पराउन र विश्वास गर्न छाडेको नेता भट्टराईले नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा भनेका थिए ।
नेता नेपालले प्रधानमन्त्री र अध्यक्ष ओलीलाई सरकार र पार्टी दुवैतर्फ सधैँ असहयोग मात्रै गरेको आरोप लगाउदै पराजित भएको व्यक्तिले निर्वाचित व्यक्तिलाई काम गर्न नदिँदा समस्या आएको तर्क गरे ।