- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबिच कोटेश्वरमा भेटवार्ता भएको छ।
एमालेको वार्ता कार्यदलले सहमतिको मस्यौदा तयार पारेको भोलिपल्ट शनिवार दुई नेताबिच नेपाल निवासमा भेट भएको हो ।
विहान ११ बजे नेपाल निवास पुगेका प्रचण्ड र नेपालबिच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएपनि अदालतको फैसला अगावै अोलीसँग मिल्न लागेको विषयमा प्रचण्डले विशेष चासो राखेको स्रोतले बतायो ।
दुई नेताको भेटलाई ओली पक्षले शंकाको रुपमा हेरेको छ । यद्यपी, नेपालले आफू सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि कुनै पनि सम्झौता नगर्ने भन्दै प्रचण्डलाई विश्वस्त पार्न खोजेको बताइएको छ ।