arrow

एमाले कार्यदलका नेताहरु भन्छन् : अदालतको फैसला अगावै पार्टी एकताबद्ध भएको घोषणा हुन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २६ शनिबार
kp-madhav-jN.jpg

काठमाडौं । नेकपा एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक सहमति नजिक पुगेको नेताहरुले दाबी गरेका छन् ।

शनिबारको बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै नेताहरुले एमाले मिलेको घोषणा आइतवार हुने आश्वासन दिएका छन् । कार्यदल सदस्य भीम रावलले बैठक करिब सहमतिको बिन्दु नजिक पुगेको बताए ।

वार्ता टोली सदस्य गोकर्ण विष्टले पनि आइतबार सुखद समाचार आउने बताए । उनले पार्टीभित्रको समग्र समस्या समाधान खोजिएको बताए ।

एमालेलाई एकताबद्ध बनाएर राष्ट्र र जनताको पक्षमा उभ्याउने दृढता व्यक्त विष्टले भने,‘ अहिले विश्वासको वातावरण बनेको छ । आइतबार पार्टी एकताको सन्देश लिएर आउनेछौं ।’

त्यस्तै एकता कार्यदल सदस्य सुवास नेम्वाङले पनि एकताको काम टुंगिएको दाबी गरेका छन् । कार्यदलको बैठकले सबै प्रक्रिया टुंग्याएको उनको भनाइ छ । उनले आइतबार बिहान ८ बजे सुखद् समाचार सुनाउने दाबीसमेत गरे ।

बैठकपछि नेताहरुले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको सन्दर्भमा सोमवार फैसला दिने भएकाले त्यसअघिनै एमाले एकताबद्ध भएको घोषणा हुने बताएका छन् ।

यता, अस्वस्थ्य भएर निवासमै आराम गरिरहेका बरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीभ शनिबार भएको भेटवार्ताका विषयमा विभिन्न आशंकाहरु गरिएको थियो । तर नेपालको सचिवालयले प्रचण्डले नेपालको स्वास्थ्य अवस्थाबारे चासो लिएको तर अन्य कुराकानी नभएको स्पष्ट पारेको छ ।

कार्यदलका नेताहरुले पार्टी एकता नजिक पुगेको बताइरहे पनि नेपालले अहिले सर्वोच्च अदालतको फैसलालाई प्रभावित पार्नेगरी कुनै काम गर्न नहुने प्रतिक्रिया दिंदै आएका छन् । उनले अदालतको फैसलालाई प्रभावित गर्ने कुनै काम गर्न नहुने र सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता नहुने अडान लिंदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ