arrow

ओली र नेपाल गुटगत छलफलमा, ओली बालुवाटारमा र नेपाल भर्चुअल बैठक गर्दै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ असार २६ शनिबार
baluwatar-pm-quarter.jpg
फाइल तस्बिर

काठमाडौँ। सत्तारुढ एमालेको विवाद समाधानका लागि अन्तिम चरणमा पुगेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू आन्तरिक छलफलमा जुटेका छन्। दुवै पक्षका नेताहरू अहिले आन्तरिक छलफलमा लागेका हुन्।

दुवै नेताहरूले गठन गरेको कार्यदलमा भएको सहमतिबारे वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटीमा छलफल थालिएको छ भने ओली पक्षले बालुवाटारमै आफू निकटका नेताहरूबिच छलफल थालेका छन्।

नेपाल समूहका भर्चुअल माध्यमबाट बसेको स्थायी कमिटी बैठकमा कार्यदल सदस्यहरूले सहमतिको विषयमा जानकारी गराएका छन्। कार्यदल सदस्यले औपचारिकता दिन मात्र बाँकी रहेको बताएका छन्। तर, सहमतिको विषयमा कार्यदल सदस्यहरूले सार्वजनिक रूपमा केही बताएका छैनन्।

पछिल्लो समय एमाले कार्यदलको बैठक निरन्तर बस्दै आएको छ। शनिवार पनि कार्यदलको बैठक बसेको थियो। कार्यदल बैठकपछि नेपाल समूहका कार्यदल सदस्य गोकर्ण विष्टले सहमतिलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताएका थिए। त्यसपछि उनीहरू अहिले छलफलमा जुटेका हुन्।



नयाँ