- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आइतबार राति भएको एमालेको कार्यदलको १० बुँदे सम्झौता सार्वजनिक भएपछि एमाले नेत्री राकुमारी झाक्रीले अदालतको निर्णय प्रभावित हुने गरी हस्ताक्षर फिर्ता नलिने अडान लिएकी छन् ।
सोमबार विहान सामाजिक संजालमा चार बुँदामा आफ्नो प्रतिक्रिया लेख्दै झाँक्रीले अदालतमा निवेदकको रुपमा रहेका सांसदहरुले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारेकी हुन् । झाक्रीले हस्ताक्षर फिर्ता लिन्छन् भनेर भ्रममा नपर्न पनि सबैलाई आग्रह गरेकी छिन् ।
उनले हाम्रो टिमको केन्द्रीय कमिटीको बैठक बसेर १० बुदे सम्झौताबारे संस्थागत धारणा आउने पनि उल्लेख गरेकी छन् । स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण गरिने पनि उनले जनाएकी छन् । उनले बुँदागत रुपमा आफ्नो धारणा यसरी राखेकी छन् :
१. हाम्रो टिमको केन्द्रीय कमिटीको बैठक बसेर १० बुदे संझौताबारे संस्थागत धारणा आउने छ।
२. स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो संझौता कार्यान्वयन योग्य हुँदैन। बैठक जाने कुरा हुन्न।
३.अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता लिईने छैन। लिने कुरै आउँदैन।
४.भ्रममा नपरौ, स्वागत गर्न हतार नगरौं। निरास पनि नबनौं। राजनिती हो यसले बाटो लिन्छ। उज्यालो पहिल्याउन सकिन्छ।