arrow

सर्वोच्चले लोकतन्त्र बचायो : आचार्य 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २८ सोमबार
surendra-rajj-achryakapilvastu.jpg.jpeg

कपिलवस्तु । नेपाली काँग्रेस कपिलवस्तुका सभापति सुरेन्द्रराज आचार्यले सर्वोच्च अदालतले लोकतन्त्रलाई जोगाएको बताएका छन् । सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै मङ्गलवार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको छ ।

अदालतको फैसलाको प्रतिक्रिया दिँदै सभापति आचार्यले अदालतले लोकतन्त्र जोगायो न्यायालय स्वतन्त्र भन्ने पुष्टि भएको बताए । साथै जनताको पक्षमा काम गर्ने नेपाली काँग्रेस सधैँ लोकतन्त्रमा विश्वास राख्ने समेत आचार्यले बताए । 

 संविधान संरक्षण गर्ने काम पनि नेपाली काँग्रेसको रहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ