- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सर्वोच्च अदालतको फैसला र गत वर्षयताका घटनाक्रमबाट सबैले पाठ सिक्नुपर्ने बताएका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गर्दै निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाउँदै देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेपछि रावलको प्रतिक्रिया आएको हो।
मंगलबार विहान सामाजिक संजालमा रावलले राष्ट्र र जनताको स्वाभिमान, स्वतन्त्रता र समृद्धिका लागि राजनीति केन्द्रित रहेनभने त्यसको परिणाम कति गम्भीर र घातक हुँदारहेछन् भन्ने छर्लङ्ग भएको उल्लेख गरेका छन् ।