arrow

ओलीको बालुवाटारबाट अन्तिम सम्वोधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
kp-sharma-oli-final.jpg
तस्वीर–फाइल ।

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिएको हो । 

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटार नै छाड्नु पर्ने भएपछि दिँउसो १ बजे पार्टीको स्थायी कमिटी बैठक बालुवाटारमा डाक्नु सान्दर्भिक नहुने भएपछि बैठक स्थगित गरेका हुन् । 

उनले बालुवाटार छाड्नुअघि दिउँसो २ बजे देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । योसँगै स्थायी कमिटीको बैठक स्थगित भएको हो । 

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरी ओलीलाई प्रधानमन्त्रीबाट अपदस्थ गरेसँगै उनी बालुवाटार छाड्ने तरखरमा छन् । 

आफ्नो निवास भक्तपुरको बालकोट गएर राजनीतिक क्रियाकलाप तीव्र पार्नुअघि एकपटक उनले राष्ट्रका नाममा सम्वोधन गर्दैछन् । 

उनका निकटका नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बस्नेतले सर्वोच्चको निर्णयमाथि चुनौती दिइसकेका अवस्थामा ओलीले पनि सोही लाइनमा सम्वोधन गरी बालुवाटार छाड्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ