- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्र बहादुर कार्की कानुन मन्त्री बन्ने भएका छन् ।
अहिले ६ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पदको सपथ लिंदै छन् । उनीसँगै कांग्रेसबाट दुई मन्त्रीको पनि सपथ हुने भएको हो ।
यसैगरी माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुषाल मन्त्री बन्दै छन् । माओवादी केन्द्रबाट शर्मा अर्थ मन्त्री र भुषालले उर्जा, सिंचाइ तथा जलस्रोत मन्त्रीको सपथ लिने तयारी भएको बताइएको छ ।