arrow

नवनियुक्त चार मन्त्रीको शपथ

logo
रासस,
प्रकाशित २०७८ असार २९ मंगलबार
deuba-oath-cabinet-2.jpg
तस्बिर : रासस

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन्। नेपालको संविधानको धारा ७६ (५) अनुसार नियुक्त  प्रधानमन्त्री देउवाले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बाट दुई दुई मन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्रीमा बालकृष्ण खाँड गृह, ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला, जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ छन्। नवनियुक्त मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ