arrow

एमाले एकतामा जुट्दा नेताहरुबाट दबाब र धम्कीपूर्ण टेलिफोन आयो: भीम रावल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३० बुधबार
bhim-rawal.jpg

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले एकता नगर्न धम्कीपूर्ण फोन आएको रहस्य खुलाएका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै उनले कार्यदलमा एमाले विभाजन रोक्ने प्रयास नगर्न आफूलाई केही राजनीतिक दलका नेताहरुबाट दबाब र धम्कीपूर्ण टेलिफोन आएको उल्लेख गरेका छन् ।

‘एमाले कतै विभाजनबाट रोकिने पो हो कि भनेर कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगाटाको पर्दा उघारीदिउँ कि जस्तो पो लाग्छ’ उनले विज्ञप्तिमा भनेका छन्, ‘मेरोविरुद्ध कुप्रचार असार २७ गते नै किन गरियो भन्नेतर्फ विश्लेषण गर्दा कार्यदलमा नेकपा एमालेलाई विभाजनबाट रोक्नका लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरुबाट मलाई आएका दबाब र धम्कीयुक्त फोनको स्मरण हुन्छ ।’

पार्टी मिलाउन आफूले अडानयुक्त पहल गर्दा षडयन्त्रमूलक ढंगले भारतीय गुप्तचरसँग भेटेको तथा केपी ओलीले कार्यवाहक अध्यक्ष बनाउने आश्वासन दिएको जस्ता कुप्रचार भएको उनको दाबी छ ।

रावलले २० असारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेको कुरा वरिष्ठ नेता नेपाल र रघुजी पन्तलाई जानकारी गराएको विज्ञप्तिमा उल्लेख गरेका छन् । तर धम्की कसले दिएको हो भन्ने स्पष्ट पारेका छैनन् ।

 


 



नयाँ