arrow

प्रधानन्यायाधीश चोलेन्द्र र नेता नेपालको बुटवलमा पुत्ला जलाइयो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३० बुधबार
butwal.png

रुपन्देही। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा बुधवार साँझ संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला विरुद्ध प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र नेकपा एमालेका नेता माधव कुमार नेपालको पुत्ला जलाइएको छ ।

बुटवलको पुष्पलाल पार्कमा जम्मा भएका युवा संघका कार्यकर्ताहरुले प्रधानन्यायाधीश जवरा संगै नेता नेपालको  पनि पुत्ला जलाएका हुन् । कार्यकर्ताहरुले बुटवलको ट्राफिक चोकमा केहीबेर मशाल जुलुस समेत निकालेका थिए । तर सो क्रममा प्रहरीले जलाउन खोजिएको पुत्लालाई खोसेर निभाउनेमा जोड दिएको थियो ।

सर्वोच्च अदालतको फैसला अनुसार हालै प्रधानमन्त्रीमा शेर बहादुर देउवा नियुक्त भएपछि नेकपा एमालेका कार्यकर्ताहरुले राजनीतिमा प्रवेश गर्ने अधिकार सर्वोच्च अदालतलाई नभएको भन्दै त्यसका विरुद्ध प्रदर्शन गर्न बाध्य भएको सो संघले वताएको छ ।

संसद् विघटनलाई बदर गरेर अदातलले राजनीति गरेको भन्दै प्रधानन्यायाधीश जबरा र प्रतिपक्षलाई साथ दिएर आफ्नै पार्टीको सरकार ढालेको भन्दै वरिष्ठ नेता नेपालको पुत्ला जलाईएको रुपन्देही युवा संघले जनाएको छ । विरोध कार्यक्रममा पुत्ला दहनको क्रममा प्रहरीले युवा संघका कार्यकर्तालाई धरपकड समेत गरेको थियो ।



नयाँ