arrow

जुम्लाका काँग्रेसी एक भएर जान ललित जङ्ग शाहीको अपिल

logo
ईश्वरी प्रसाद देवकोटा,
प्रकाशित २०७८ असार ३१ बिहिबार
lalit-sahi.JPG

जुम्ला । नेपाली काँग्रेसको आसन्न १४ ‌औँ महाधिवेशनमा जुम्लाका सम्पूर्ण क्रियाशील सदस्य, नेता तथा कार्यकर्ताहरूमा स्वस्थ/अस्वस्थ प्रतिस्पर्धा तिर उन्मुख नभई भावनात्मक एकताको सूत्रमा बाँधिएर जान नेपाली काँग्रेस महासमिति सदस्य तथा संविधान सभा सदस्य ललित जङ्ग शाहीले विज्ञप्ति मार्फत अपिल गरेका छन्। 

१४ औ महाधिवेशनको क्रममा जुम्ला जिल्लामा सम्पन्न हुने वडा देखि पालिका, प्रदेश क र ख कार्य समिति, जिल्ला कार्य समितिको गठन र प्रदेश अधिवेशन साथै महाधिवेशन प्रतिनिधि चैन गर्ने विषयमा गुटबन्दीको सङ्कीर्ण घेराबाट माथि उठेर गुट उपगुटमा विभाजित नभई, निष्ठावान् काँग्रेसको परिचय स्थापित गर्न समेत अपिल गरेका छन् । 

देशलाई सही दिशा तिर लिन संविधान, लोकतन्त्र र सङ्घीयताको रक्षा गर्न देश र जनताले काँग्रेसलाई गरेको विश्वास र दिएको जिम्मेवारीलाई पुरा गर्नका लागि पनि सहमति र एकताको अधिवेशन गर्नु आजको आवश्यकता र अपरिहार्यता भएकोले सबै तह र तप्काका साथीहरूलाई पार्टीको बृहत्तर हितका लागि एकता र सहमतिको अभियानमा सहमत हुन समेत शाहीले विज्ञप्ति मार्फत विनम्रताका साथ अनुरोध गरेका छन् । 

नेपाली काँग्रेसको आसन्न महाधिवेशनका लागि  विभिन्न व्यक्तिहरूले आफ आफ्ना इच्छा आकाङ्क्षाहरू सामाजिक सञ्चालन मार्फत पोख्नुले सहमतिलाई भड्काउन सहज हुने र अर्को पक्ष आक्रोश भई गुट उपगुटको खेल चल्ने हुँदा आफ्ना इच्‍छाहरुलाई सके सम्म पार्टी भित्र नै छलफलको विषय बनाइ सामाजिक सञ्जालमा प्रस्तुत नहुन समेत आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ