- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेकपा (एमाले) संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ ।
एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीका अध्यक्षतामा नयाँ बानेश्वरस्थित व्यवस्थापिका-संसद् कक्षमा बैठक बस्न थालेको हो ।
आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
यही असार २८ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर आइतबार प्रतिनिधिसभाको बैठकले बोलाउन आदेश दिएको थियो ।