arrow

माधव नेपालले गठबन्धनप्रति म इमानदार छु भन्नुभएको छ : पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३१ बिहिबार
devendra-poudel.JPG

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने र यो सांसदले पूर्ण कार्यकाल व्यतीत गर्ने दाबी गरेका छन् । 

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘हामी सांसदले सर्वोच्च अदालतमा ६ घण्टा लामो समय लाइन बसेर हस्ताक्षर सनाखत गरेर देउवाजीलाई प्रधानमन्त्री बनाउन रिट हालेका थियौँ । सर्वोच्चले सोहीअनुसार फैसला गरेको हो । राष्ट्रपतिले अत्यन्तै थोरै समय दिएर धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न समय दिनुभएको थियो । हामीले समय अगावै दाबी गरेका थियौँ ।’

पौडेलले काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) को माधव कुमार नेपाल समूह, जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चा सम्मिलित गठबन्धन कायमै रहने पनि दाबी गरे । उनले भने,‘यो गठबन्धन कायमै छ । आज पनि गठबन्धनको बैठक बस्दै छ । माधव नेपालजीहरू यही गठबन्धनमा हुनुहुन्छ । उहाँले गठबन्धनप्रति म इमानदार छु भन्नुभएको छ ।’ उनले प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने र यो सरकार १६ महिनासम्म नै चल्ने पनि दाबी गरे । उनले अराजकता रोक्ने काम अदालतको फैसलाबाट भएको पनि सुनाए । 

उनले वर्तमान प्रधानमन्त्री देउवाले राष्ट्रिय सहमतिका साथ अघि बढ्ने बताएकोले सोहीअनुसारै आफूहरू अघि बढ्ने पनि विश्वास दिलाए । उनले आफ्नो पार्टीका अध्यक्ष प्रचण्डले भनेबमोजिम उच्चस्तरीय राजनीति संयन्त्र बनाउन आवश्यक रहेको र यसको सञ्चालन प्रधानमन्त्री देउवाकै समन्वयकारी भूमिका हुने पनि बताए । उनले चुनाव भनेको भाँडाकुटी खेलाउने खेल नभएको र र मजाक नभएको पनि सुनाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ