arrow

आफूहरू कुनै आवेग र उत्तेजनामा नआउने : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १ शुक्रबार
kp-oli-standing-committee-meet.jpg

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले कुनै आवेग र उत्तेजनामा नआउने बताएका छन् । अदालतको परमादेशबाट नयाँ सरकार गठन भएपछि क्रुद्ध बनेका अध्यक्ष ओलीको शुक्रवार यस्तो प्रतिक्रिया आएको हो । 

पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले अब आफूहरू सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताए ।  ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा ओलीले आफूहरू कुनै आवेग र उत्तेजनामा नआउने बताउदै राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने जनाए । 

उनले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना हुने फैसलाप्रति असहमति रहने तर कार्यान्वयनमा जान अघि बढ्ने जनाए । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता अनुपस्थित रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ