arrow

सेना अब ‘कमाण्ड संरचनामा’: देश भरका आठ वटा पृतना खारेज

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ साउन १ शुक्रबार
nepal-army-comand.jpg

काठमाडौँ । नेपाली सेना पृतना प्रणालीबाट कमाण्ड प्रणालीमा रूपान्तरण भएको छ। सेनाले शुक्रवार बाटै आफ्नो संरचनालाई ‘तीन जोड एक’ प्रणालीबाट सञ्चालन गर्ने गरी कमाण्ड संरचनामा रूपान्तरण गरेको हो।

सेनाको यो निर्णयसँगै देशभर कायम रहेका आठ वटा पृतना खारेज भएका छन्। तर सेनाले त्यसलाई खारेज ‘शब्द’ दिन रुचाएको छैन।

सैनिक प्रवक्ता सन्तोषवल्लव पौडेलले नयाँ संरचनामा सेना रूपान्तरण भएको बताए  उनका अनुसार नयाँ संरचनामा रूपान्तरित कमाण्डको नेतृत्व उपरथी (दुई तारे जर्नेल) ले गर्नेछन्।

शुक्रवार भद्रकालीस्थित जङ्गी अड्डामा एक समारोहकाबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले चार वटै कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापतिहरूलाई झण्डा हस्तान्तरण गरेको उनले जानकारी दिए।

नयाँ संरचनामा रूपान्तरित सेनाका कमाण्ड देशका चर्चित तीन नदी र भूगोलका आधारमा नामकरण गरिएका हुन्। सेनाले यसलाई तीन नदीले छुट्टाएको भूगोलका आधारमा र उपत्यकामा विशेष रणनीतिका आधारमा एक गरी चार वटा कमाण्डमा संरचना बनाइएको भनेको छ।

यसरी निर्मित संरचना कोसी, गण्डकी र कर्णाली नदीका आधारमा तीन कमाण्ड र उपत्यकामा विशेष रणनीतिका आधारमा एक कमाण्ड तोकिएको छ। 

कोसी अन्तर्गतको पूर्वी कमाण्डको हेडक्वाटर धनकुटामा, गण्डकी अन्तर्गतको मध्य कमाण्डको हेडक्वाटर पोखरामा र कर्णाली अन्तर्गत पश्चिम कमाण्डको हेडक्वाटर सुर्खेत तथा काठमाडौँको कमाण्ड हेडक्वाटर पहिले उपत्यका पृतना रहेको नारायणहिटी राजदरबारको उत्तर गेटमा रहने छन्।

गत २४ असारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाको साङ्गठनिक पुनर्संरचना स्वीकृत गर्दै सेनालाई पृतना संरचनाबाट कमाण्ड संरचनामा रूपान्तरण गर्न बाटो खोलिदिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ